माओवादी केन्द्रका नेता अनन्तको प्रश्न- ओली र निर्वाचन आयुक्तको बोली कसरी मिल्यो ?



काठमाडौं ।

निर्वाचन आयोगका प्रमुख आयुक्तको अभिव्यक्तिप्रति नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन ‘अनन्त’ले ले गम्भीर आपत्ति जनाएका छन् । अन्तर्राष्ट्रिय श्रमीक दिवसको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अनन्तले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्ति मिलेको भन्दै आपत्ति जनाएका हुन् ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले मतपत्र बलियो कागजमा राखेकाले चपाउन, च्यात्न सकिँदैन भन्ने अभिव्यक्ति दिएका थिए । यस्तै, ओलीको पनि सोही अभिव्यक्ति दिँदै आएका छन् । वर्षमानले भने दुवैको अभिव्यक्ति कसरी मिल्यो भन्दै प्रश्न गरेका छन् ।

‘हामीले मतपत्र बलियो कागज राखेका छौँ अब चपाउन, च्यात्न सकिँदैन भन्नुभयो । त्यही कुरो केपी ओलीजीले बोलिराख्नु भएको छ । केपी ओलीजीको बोली र निर्वाचन आयोगको प्रमुखको बोली कसरी मिल्यो ? यसमा हाम्रो आपत्ति छ,’ उनले भने । पुनले आयोगलाई निष्पक्ष र व्यवसायिक भुमिका निर्वाह गर्न पनि आग्रहसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्