नवनियुक्त आईजीपीविरुद्ध सर्वोच्चमा जाने पोख्रेल र थापाको तयारी

0
Shares

काठमाडौं ।

सरकारले नेपाल प्रहरीको आईजीपीमा धीरजप्रताप सिंहलाई नियुक्त गरेपछि एआईजीद्वय विश्वराज पोख्रेल र सहकुल थापा अदालत जाने तयारी गरेका छन् । एकै ब्याच भए पनि आफूभन्दा कनिष्टलाई आईजीपी बनाइएको भन्दै एआईजीद्वय पोख्रेल र थापा अदालत जाने तयारी गरेका हुन्

पोखरेल सिंहभन्दा १६ महिनाअघि र थापा ११ महिनाअघि एआईजी बनेका थिए । आफूहरू वरिष्ठ हुँदाहुँदै कनिष्टलाई आईजीपी बनाइएको भन्दै कानुनी प्रक्रियामा जाने उनीहरूले बताए ।