नेपाल प्रहरीको आईजीपीमा धिरजप्रताप सिंह



काठमाडौं ।

नेपाल प्रहरीको महानिरीक्षक (आईजी)मा धीरजप्रताप सिंहको बढुवा भएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई आईजीपी बढुवा गर्ने निर्णय गरेको हो ।

सिंहभन्दा डेढ वर्षअघि बढुवा भएका एआईजी विश्वराज पोखरेल र झण्डै एक वर्षअघि बढुवा भएका सहकुलबहादुर थापालाई पन्छाएर सरकारले सिंहलाई आईजी बनाएको हो ।

प्रतिक्रिया दिनुहोस्