ललितपुरको वकुबहाल, प्रयागपोखरी तथा सुन्धारा लगायतका क्षेत्रमा एमालेको घरदैलो सम्पन्न


ललितपुर ।

नेपाल कम्युनिष्ट पार्टी एमाले ले ललितपुर महानगरपालिका वडा नं ६ का साथै वडा नं १७ चक्रपथ भित्रि नगरमा आज घरदैलो कार्यक्रम सम्पन्न भएको छ ।

आसन्न स्थानीय तहको निर्वाचमा आफू लगायत आफ्ना पार्टीका उम्मेदवारलाई विजयी बनाउन सो घरदैलो आयोजना गरिएको थियो ।
उक्त घरदैलो कार्यक्रम आज बिहान ललितपुको वकुबहाल, प्रयागपोखरी, कनिबहाल, ठैना, सौगल लगायत सुन्धारा क्षेत्रमा गरिएको थियो ।
उक्त कार्यक्रममा थुप्रै एमालेका कार्यकर्ताका साथै नेताको पनि उपस्थिती रहेको थियो ।

कार्यक्रमा शुभकामना व्यक्त गर्ने, माला र फुलले स्वागत गर्ने लगायत आर्शिवादन दिने काम भने खुबै भएको थियो ।घरदैलो कार्यक्रम उत्साहपूर्ण रहेको नं ६ वडाध्यक्ष पदका उम्मेदवार यस कुमार शाक्यले बताउनुभयो । उहाँले भन्नुभयो, “कुनै जात्रा र पर्व भन्दा कम्तिको भने कार्यक्रम भएको थिएन । आफूले बनाएको योजना साकार पार्ने नाराका साथ घरदैलोमा सहभागिता जनाएका थियौँ ।” वडा नं १७ चक्रपथ बाहिरको क्षेत्रमा भने पुनः दिउँसो ४ बजेदेखि ७ बजेसम्म सिँचाहिटीमा भेला भइ गरिने शाक्यले जानकारी गराउनुभयो ।

गएको शुक्रबार भने महानगरपालिका वडा नं ७ हुँदै वडा नं ८ का विभिन्न क्षेत्र गुईटोल, पिन्छे, दुपात, सौगल, सुन्धारा आदिमाआफूहरुले भोट माग्ने काम सम्पन्न गरिसकेको प्रदेश कमिटि सदस्य तथा निर्वाचन परिचालन कमिटिका सदस्य अमृृत खड्काले बताउनुभयो । सो घरदैलोमा नेताहरुले शिक्षा, स्वास्थ्य, रोजगार, खानेपानी, वातावरण आदिलाई प्रोत्साहन गरिने प्रतिवद्र्धता समेत व्यक्त गर्नुभएको वाग्मती प्रदेश सदस्य एवं ललितपुर महानगर निर्वाचन परिचालन कमिटि संयोजक प्रेम महर्जनले बताउनुभयो ।

उक्त कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य सुशिला नेपाल, वाग्मती प्रेदेश इन्चार्ज बाबुकाजी प्रधान, ललितपुर महानगरपालिका मेयरका उम्मेदवार हरीकृष्ण व्यञ्जनकार, उपमेयर पदका उम्मेदवार मञ्जली शाक्य, नं ६ वडाध्यक्ष पदका उम्मेदवार यस कुमार शाक्य, नं १७ वडाध्यक्ष पदका उम्मेदवार विनोद महर्जन, वडासदस्यहरु, प्रदेश सभा सदस्य ज्ञानेन्द्र शाक्य र मैना अच्क्षमी, प्रदेश कमिटी सदस्य अमृत खड्का, निर्वाचन परिचालन कमिटि संयोजक प्रेम महर्जन लगायत धेरै कार्यकर्ताको सहभागिता रहेको थियो ।