गठबन्धन नभएका नगर-गाउँपालिकामा मिलेर चुनाव लड्न गठबन्धनको निर्देशन



काठमाडौं ।

स्थानीय तह निर्वाचनको आन्तरिक तयारी र अनुगमन संयन्त्रको बैठक बसेको छ । गठबन्धन नभएका नगर र गाउँपालिकामा गठबन्धन गर्ने सहमतिका लागि बैठक बसेको हो ।

बैठकले गठबन्धनको मर्म र भावना अनुरुप आपसी एकता कायम गरी चुनावमा सक्रियतापूर्वक जिम्मेवारी पूरा गर्ने निर्णय गरेको छ । यो निर्णय पालना नगर्नेलाई आ–आफ्ना दलले कारबाही गर्ने समेत निर्णय गरेको बैठकले जनाएको छ ।

‘पाँच दलीय गठबन्धनमा समझदारी भएको तर समझदारी अनुरुप उम्मेदवारी फिर्ता नलिएको तथा फिर्ता लिने समय अपुग भएका स्थानहरुमा समझदारी अनरुप कार्य गर्न गराउन आ-आफ्ना दलले आ-आफ्ना मातहतका निकायहरुलाई निर्देशन दिने भनी निर्णयमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्