संविधानकाे रक्षा र समाजवादको आधार तयार गर्न श्रमजीवी मजदुरको नेतृत्वदायी भूमिका हुन्छ : प्रचण्ड



काठमाडौ ।

सात्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थनीय तह निर्वाचनमा पाँच दलीय गठबन्धनका उम्मेदवारलाई विजयी गराई संविधान र लोकतन्त्रको रक्षासहित समाजवादको आधार तयार गर्नु नेपालका मजदुर एवं श्रमजीवी उत्पीडित जनसमुदायको मुख्य कार्यभार रहेको बताए ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रचण्डले आजको दिन प्रतिगमनविरुद्ध नयाँ सङ्कल्प लिने दिनका रूपमा लिन सबै श्रमजीवी जनसमुदायलाई आग्रह गरे ।

श्रमिक वर्गको बलिदानीका कारण मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक अवस्थामा आइपुगेको उल्लेख गर्दै उनले संविधानको पूर्ण कार्यान्वयनसहित स्थिरता, समृद्धि र समाजवादी अर्थतन्त्रको विकासका लागि आगामी दिनमा श्रमजीवी वर्गले नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्