काठमाडौं ।
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरको जहाजको टायर पञ्चर भएको छ । भैरहवाबाट काठमाडौंका लागि उड्न लागेको जहाज धावन मार्गमै गुड्ने क्रममा छायर पञ्चर भएको हो ।
टायर पञ्चर भए पनि जहाज दुर्घटना हुनबाट बचेको छ । उडान गर्न लाग्दा जहाजको अगाडिको टायर पञ्चर भएको हो । जहाज र त्यसमा रहेका यात्रु भने सुरक्षित छन् ।
जहाजमा ७२ यात्रु थिए । यात्रुलाई अब अर्को विमानबाट काठमाडौं ल्याउन लागिएको छ ।
प्रतिक्रिया