सप्तरीमा ३२३ जनाको मनोनयन दर्ता

0
Shares

सप्तरी ।

३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनमा सप्तरीमा ३२३ जनाले मनोनयन पत्र दर्ता गराएका छन्। जिल्लमा १८ वटा स्थानीय तहमध्ये नौवटा नगरपालिकाका प्रमुखमा ६४ जनाले विभिन्न दल तथा स्वतन्त्रबाट मनोनयन पत्र दर्ता गराएका हुन् ।

यसरी नै उपप्रमुख पदका लागि ४५ जनाले मनोनयन दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख रमेश जोशीले बताए । नौवटा गाउँपालिकाको अध्यक्ष पदका लागि ८६ जनाले मनोनयन दर्ता गराएका छन्।

उपाध्यक्ष पदका लागि ५३ जनाले मनोनयन दर्ता गराएका हुन्। वडाध्यक्षका लागि ७२१, महिला सदस्यमा ५५६, दलित महिला सदस्यमा ५४० र सदस्यमा ११३८ जनाले मनोनयन दिएको प्रमुख जोशीले जानकारी दिए।