कर्णालीमा चार महिलाले दिए मेयरमा उम्मेदवारी


न्युज अफ नेपाल, सुर्खेत ।

कर्णाली प्रदेशका चार महिलाले मेयरमा उम्मेदवारी दिएका छन् । कर्णालीका १० जिल्लाका ७९ पालिकामध्ये चार नगरपालिकाको मेयरमा महिलाको उम्मेदवारी परेको हो ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, दैलेखको नारायण नगरपालिका तथा कालीकोटको रास्कोट र कालिकोटको खाडाँचक्र नगरपालिका मेयरमा महिलाले उम्मेदवारी दिएका हुन् । वीरेन्द्रनगरमा एमालेबाट मोहनमाया ढकाल, नारायणमा कांग्रेसबाट निर्मला खड्का र खाँडाचक्रका कांग्रेसकी तारा शाहीले उम्मेदवारी दिएका हुन् ।

रास्कोटमा नेत्रविक्रम चन्द ुविप्लवु नेतृत्वको नेकपा नेतृ धिरिन्द्रा उपाध्याय भृकुटीले स्वतन्त्रबाट उम्मेदवारी दिएकी छन् । ढकाल यसअघि वीरेन्द्रनगरको उपमेयर थिइन् भने खड्का यसअघि वडा सदस्य थिइन् ।