गभर्नर अधिकारीको रिट न्यायाधीशद्वय मल्ल र मोक्तानको इजलासमा

0
Shares

काठमाडौ ।

गभर्नर महाप्रसाद अधिकारीविरुद्ध परेको रिटमाथि न्यायाधीशहरू सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको संयुक्त इजलासमा परेको छ ।

छानबिनका लागि जाँचबुझ समिति गठन गर्ने सरकारको निर्णय गैरकानुनी भन्दै गभर्नर अधिकारीले रिट दायर गरेका थिए ।

गत ४ गते सर्वोच्च अदालतमा अधिकारीले दायर गरेको रिटमा न्यायाधीश हरि फुयाँलको इजलासले ६ गते जाँचबुझ समिति गठन गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।

प्रधान र मोक्तानको संयुक्त इजलासमा आज दुवै पक्षलाई बोलाइएको छ । दुवै पक्षसँगको छलफलपछि सर्वोच्चले अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने भन्नेबारे थप निर्णय गर्नेछ ।