उम्मेदवारको संख्या गणना गर्दै निर्वाचन आयोग, अहिलेसम्म १ लाख ४१ हजारभन्दा बढी उम्मेदवार



काठमाडौं ।

आसन्न वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा उम्मेदवारी दर्ता गर्नेको संख्या एक लाख ४१ हजार पुगेको छ ।

बिहान साढे १० बजे अध्यावधिक विवरण दिंदै मनोनयन दर्ता गर्नेहरुको संख्या एक लाख ४१ हजार ४६८ पुगेको निर्वाचन आयोगले जानकारी दिएको हो ।

महानगर, उपमहानगर र नगरपालिकाको नगरप्रमुखमा तीन हजार ३१८, नगर उपप्रमुखमा दुई हजार ३६ जनाको उम्मेदवारी परेको छ । गाउँपालिकाको अध्यक्षमा तीन हजार ३०६ जनाको र उपाध्यक्षमा २३४३ जनाको उम्मेदवारी परेको छ ।

वडाअध्यक्षमा ३३ हजार १११, महिला सदस्यमा २४ हजार २८३, दलित महिला सदस्यमा २१ हजार ९७९ र सदस्यमा ५१ हजार ९२ जनाको उम्मेदवारी परेको छ ।

प्रतिक्रिया दिनुहोस्