गभर्नर निलम्बनसम्बन्धी रिटमा आज छलफल हुँदै, अन्तरिम आदेशबारे आजै टुंगो लाग्ने

0
Shares

काठमाडौं ।

गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरी छानबिन गर्न पाउने वा नपाउने भन्नेबारे सर्वोच्चमा छलफलका हुने भएको छ । गभर्नर अधिकारीले निलम्बनविरुद्ध दायर गरेको रिटमा आज सुनुवाइका लागि दुवै पक्षलाई बोलाइएको हो ।

केही दिनअघि न्यायाधीश हरि फुयाँलको एकल इजलासले वैशाख १३ गतेसम्मका लागि अल्पकालीन अन्तरिम आदेश दिँदै तत्काल छानबिन नगर्न भनेको थियो ।

अधिकारीको रिट वैशाख ६ गते पेसीमा चढ्दा न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश दिँदै अन्तरिम आदेश दिने वा नदिने भन्ने सम्बन्धमा निर्णय गर्न आज दुवै पक्षलाई बोलाएका छन् ।

सरकारले छानबिन थाली निलम्बनमा पारेपछि गभर्नर अधिकारी रिट लिएर वैशाख ५ गते सर्वोच्च अदालत पुगेका थिए ।