विप्लव नेतृत्वका नेकपाका उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन अपिल (विज्ञप्तिसहित)


काठमाडौं ।

नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएका छन् ।

यद्यपि निर्वाचन आयोगमा पार्टी नै दर्ता नभएका कारण उनीहरुले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका हुन् ।

रोल्पाका १० पालिकामध्ये ९ पालिकामा सबै पदाधिकारी, वडाध्यक्ष र सदस्यमा विप्लव समूहका कार्यकर्ताले मनोनयन दर्ता गराएका छन् ।

त्यतै अन्य जिल्लामा पनि नेकपाका कार्यकर्ताले तालमेल गरेर त कतै एक्लै उम्मेदवारी दिएका छन् । तर, चुनाव बहिष्कार गर्दै आएको नेकपाकै अर्को समूहले भने उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ ।

‘‘उम्मेदवारमा नउठ्ने मान्यताविपरीत कतिपय कमरेडहरूले विभिन्न पदहरूमा मनोनयन दर्ता गरेका समाचारहरू सार्वजनिक भएकाले पार्टीको नीति अनुसरण गर्ने कमरेडहरूलाई नीतिविपरीत देखिने उम्मेदवारीको मनोनयन फिर्ता लिनका लागि पार्टीको सचिवालय हार्दिक अपिल गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

हेर्नुहोस् विज्ञप्ति :