निर्वाचन सरगर्मी : देशकै केन्द्रबिन्दु काठमाडौंमा एउटा मेयरका लागि ५६ जनाको उम्मेदवारी, उपमेयरमा कति ?

0
Shares

काठमाडौं ।

देशकै केन्द्रविन्दु मानिने काठमाडौं महानगरपालिकाको मेयर पदका लागि ५६ र उपमेयरका लागि ३१ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

मेयर पदमा उम्मेदवारी दिने ५६ जनामध्ये २१ ले दलगत उम्मेदवारी दिएका हुन् भने बाँकी ३५ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । मेयरमा उम्मेदवारी दिनेमध्ये आठ महिला छन् ।

त्यस्तै उपमेयरमा उम्मेदारी दिने ३१ मध्ये १२ जनाले दलगत र १९ ले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । उपमेयर उम्मेदवारमध्ये १२ महिला छन् ।