सफा हिमाल अभियान २०२२ को टोली आधार शिविरमा


काठमाडौं,  । 

सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मनास्लु गरी ४ वटा हिमालको सफाइ गर्ने उद्देश्यका साथ नेपाली सेनाको अगुवाइमा सञ्चालित सफा हिमाल अभियान–२०२२ मा खटिएका नेपाली सेना तथा सेवा प्रदायकका टोली योजनानुसार आ–आफ्नो आधार शिविरमा पुगेका छन् ।

सफाइ अभियानअन्तर्गत सगरमाथा-ल्होत्सेमा खटिएको टोली वैशाख १ गते, कञ्चनजंघामा खटिएको टोली ८ गते र मनास्लुमा खटिएको टोली ९ गते आधार शिविरमा पुगेका हुन् ।

आधार शिविरमा पुगेको टोलीले आफ्नो बन्दोबस्ती तथा मिलापको व्यवस्था गरेपश्चात् स्थानीय संस्कार अनुसारको पूजाआजा सम्पन्न गरेका छन् । आधार शिविर पुगेपछि उक्त टोलीले फोहोर संकलन गर्ने कार्य शुरू गरेका छन् ।

हिमाल सफाइमा खटिएका टोलीले स्थानीय सरकार, सरोकारवाला संघसंस्था र स्थानीयवासीसँगको आवश्यक समन्वय एवं सहकार्यमा फोहोर संकलनको काम आगामी जेठ २२ गतेसम्म सञ्चालन गर्ने नेपाली सेनाले जनाएको छ ।