सत्ता गठबन्धनमा बागीको बिगबिगी

0
Shares

काठमाडौं  । 

सत्ता गठबन्धनको बीचमा पूर्वसहमतिविरुद्ध गठबन्धनमा आबद्ध दलहरुले नै स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् । सत्ता गठबन्धनकै दलहरुबाट उम्मेदवारी परेपछि सत्ता गठबन्धनको शीर्ष तहमा फिर्ता लिन लगाउने सहमति भनेको छ ।

गठबन्धनले देशभरका स्थानीय तहमा पाँच दलीय गठबन्धनलाई एक ढिक्का राख्न अन्तिम समयसम्म कसरत गर्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेताहरूको बैठकले गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आह्वान गरेको छ ।

बैठकमा पाँच दलको भावना र मर्मअनुसार अगाडि बढ्ने निर्णय भएको बताउँदै सरकार प्रवक्ता एवं कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धनमा रहेका पार्टीले गरेको निर्णय पालना गरेर अघि बढ्न निर्देशन दिने सहमति भएको बताउनुभयो ।

कसैले गठबन्धनको निर्णयविपरीत उम्मेदवारी दर्ता गराए पनि त्यस्ता असमझदारीहरूलाई सम्बोधन गरेर सहमतिमा ल्याउने बताउँदै उहाँले गठबन्धनको निर्णयविपरीत दर्ता भएको उम्मेदवारी फिर्ता गराइने बताउनुभयो ।