आशिष र अकीको विजयी शुरुआत



काठमाडौं ।

आशिष खड्का र अकी जुवेन रावतले आठौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा सोमबार विजयी शुरुआत गरेका छन् ।भद्रकालीस्थित आर्मी अफिसर्स क्लबको कोर्टमा आशिषले प्रितम परियारलाई ७–५ र ६–१ तथा अकीले कुमार तामाङलाई ६–२ र ६–१ को सोझो सेटमा पराजित गरे ।

सोही स्पर्धामा विष्णु नेपालले श्रीयोग अधिकारीलाई ६–३ र ६–०, निजेज महर्जनले अभिषेक शाहलाई ६–४ र ६–१, प्रणव मानन्धरले निश्चल कायश्थलाई ६–२ र ६–०, कुमार जिसीले सौरभनाथ पन्तलाई ६–३ र ६–४ तथा विवेश मगरले सुशल मोक्तानलाई ६–० र ६–० को सीधा सेटमा हराए । विजेता सबै प्रि–क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । त्यस्तै, प्रमोदबहादुर थापाले रोजन दुवाल तथा सक्षमविक्रम शाहले कृष्णदेव उप्रेतीबाट वाकओभर पाउँदै प्रि–क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे ।

काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको भेट्रान ३५ वर्षमाथि पुरुष डबल्समा जेजे राणा र प्रणव मल्ल, डेगेन्द्र र सञ्जिव, गोपी भट्टराई र नवीन चालिसे, दावा शेर्पा र जितेन्द्र परियार, अनुज बास्तोला र विकास गुरुङ, मानबहादुर कटुवाल र राजेन्द्र भट्ट तथा लक्ष्मण तामाङ र राज लामाको जोडी प्रि–क्वार्टरफाइनलमा पुग्न सफल भए ।

भेट्रान ५५ वर्षमाथि पुरुष डबल्समा सुवर्ण धाक्वा र कृष्णराज घले, विदुर विष्ट र काजी गुरुङ, राजु गुरुङ र लाक्पा शेर्पा, युवराज थापा र किरण नेपाल, सूर्य गिरी र भूअरुण मल्ल, राज घिमिरे र लोक गुरुङ, रामेश्वर थापा र राजेश क्षेत्री, कमल थापा र छ्याम्बा डुन्डुप, समीर शेरचन र राज गुरुङ, इन्द्रबहादुर शाह र पदम सिंह, वसन्त प्रधान र राजकुमार घिमिरे, ध्रुव गुरुङ र मनोज राणा तथा निरञ्जन श्रेष्ठ र सागर केसीको जोडीले प्रि–क्वार्टरफाइनल यात्रा तय गरे ।

भेट्रान ५५ वर्षमाथि पुरुष सिंगल्समा सुशील पाण्डे, राजु श्रेष्ठ, बाबु कार्की, निरञ्जनकुमार श्रेष्ठ, करिमलाल मुस्लिम, सैलेश भण्डारी र हेमचन्द्र गुरुङले प्रि–क्वार्टरफाइनलमा स्थान पक्का गरे ।

प्रतिक्रिया दिनुहोस्