जनताले २०६४ मा दिएको बहुमत माओवादीले पचाउन सकेन : प्रचण्ड

गठबन्धन भत्काउन खोज्नेहरु आत्तिए

0
Shares

कैलाली ।

माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०६४ सालमा जनताले दिएको बहुमत माओवादीले पचाउन नसकेको बताएका छन् । कैलालीको मसुरियामा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले २०६४ सालमा जनताले बहुमत दिए पनि माओवादीले पचाउन नसकेको स्वीकारेका हुन् ।

‘२०६४ सालमा प्रत्यक्षतर्फ माओवादीले बहुमत ल्यायो,’ प्रचण्डले भने, ‘तर, माओवादीले पचाउन सकेन । पखाला लाग्यो ।’ अब जनताको विश्वासलाई माओवादीले गुम्न नदिने भन्दै प्रचण्डले आसन्न निर्वाचनपछि माओवादीले देशको नेतृत्व लिने दाबी गरे ।

बुधबार गठबन्धनका पाँच दलबीच ६ महानगर र ११ उपमहानगरमा भएको भागबन्डाले गठबन्धन भत्काउन खोज्नेहरु आत्तिएको उनको भनाइ छ । देशको राजनीति पनि माओवादी केन्द्र वरिपरि घुमिरहेको भन्दै उनले प्रचण्ड व्यक्ति नभएको बताए । सुदूरपश्चिमको तागत र शक्ति लिएर आफू काठमाडौं फर्किने प्रचण्डले बताए ।

महानगर र उपमहानगरमा भएका सहमतिले गठबन्धन भत्काउन खोज्नेहरु आत्तिएका छन्
माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ६ महानगर र ११ उपहानगरमा उम्मेदवार उठाउने विषयमा भएको सहमतिले गठबन्धन भत्काउन खोज्नेहरु आत्तिएको बताएका छन् । कैलालीको मसुरियामा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सत्तारुढ गठबन्धन भत्काउने प्रयासलाई आफूहरुले असफल बनाएको दाबी गरे ।

बुधबार गठबन्धनका पाँच दलबीच ६ महानगर र ११ उपमहानगरमा भएको भागबन्डाले गठबन्धन भत्काउन खोज्नेहरु आत्तिएको उनको भनाइ छ । देशको नेतृत्व लिन माओवादी केन्द्रलाई कसैले रोक्न नसक्ने भन्दै उनले इँटको जवाफ पथ्थरले दिन कार्यकर्र्तालाई अपिल गरे ।

देशको राजनीति पनि माओवादी केन्द्र वरिपरि घुमिरहेको भन्दै उनले प्रचण्ड व्यक्ति नभएको बताए । सुदूरपश्चिमको तागत र शक्ति लिएर आफू काठमाडौं फर्किने प्रचण्डले बताए ।