![](https://newsofnepal.com/wp-content/uploads/2022/04/Lalitpur-gyash-13.jpg)
ललितपुर ।
ललितपुरको पाटनस्थित औद्योगिक क्षेत्रभित्र रहेको एक अक्सिजन प्लान्टमा विस्फोट हुँदा एक जनाको ज्यान गएको छ। ललितपुरस्थित सगरमाथा अक्सिजन प्लान्ट बिहीबार बिहान विस्फोट हुँदा एक जनाको ज्यान गएको हो। ललिपतपुर प्रहरीका प्रवक्ता एसपी सिद्धिविक्रम शाहले मृत्यु हुनेको पहिचान खुल्न नसकेको जनाए ।
बिहीबार बिहान करिब १० बजे सगरमाथा अक्सिजन प्लान्टमा विष्फोट भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ। विष्फोटमा परी ६ जना घाइते भएका छन् ।
सबै तस्बिर : उज्वल डंगोल