बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गरेको पाँच दलीय सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ।

आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचनमा सिट बाँडफाँटको विषयमा छलफल हुन लागेका हो। यसअघि सत्ताको नेतृत्व गरेको दल नेपाली कांग्रेसले स्थानीय तहको आवश्यकताका आधारमा गठबन्धन गरेर जाने निर्णय गरिसकेको छ।गठबन्धनका नेताहरु आ–आफ्नो अडानमा कायम रहेपछि महानगर र उपमहानपालिकाहरुको भागबण्डा टुंगो लागेको छैन ।