होराइजनमा भू.पू. विद्यार्थीद्धारा शिक्षक सम्मानित


बुटवल । 

बुटवलकै प्रतिष्ठीत शैक्षिक प्रतिष्ठान न्यू होराईजन माविका भूत पूर्व विद्यार्थीहरूले दिर्घसेवा गर्दै आएका शिक्षकलाई सम्मान गरेका छन् । शनिवार विद्यालयमा एक कार्यक्रम आयोजना गरी  विद्यालयमा २५ वर्ष देखि निरन्तरता शिक्षण सेवा गर्दै आएका शिक्षक तथा कर्मचारीलाई सम्मान गरेको हो ।

भू.पू. विद्यार्थीले हरेक वर्ष शिक्षक तथा कर्मचारीलाई सम्मान गर्दै आयको र यो वर्ष पनि २५ वर्ष सेवा दिँदै आयका १६ जना सम्मान गरिएको भू.पू. विद्यार्थीका अध्यक्ष निरज लाकौलले बताए ।

 कार्यक्रमा प्रमुख अथिति न्यू होराइजन माध्यमिक विद्यालयका अध्यक्ष ज्ञानेन्द्र कसजु, संरक्षक लोकनाथ उपाध्याय, न्यू होराइजन पाल्पाका अध्यक्ष निर्मल प्रसाद लाकौल, क्षितिज कलेजका अध्यक्ष रामेश्वर श्रेष्ठ, होराइजन जि।वि।एस प्रिन्सिपल गोपाल आर्चायलगायत बोलेका थिए ।
संरक्षक लोकनाथ उपाध्यायले कार्यक्रममा बोल्दै आफ्नै विद्यार्थीले गरेको सम्मान अनुकरणीय भएको बताए ।

उनले लामो समय देखि अध्यापन गर्दै आएका शिक्षकहरुलाई आफ्ना भू.पू विद्यार्थीले गरेको सम्मानले थप हौसला थपेको उनको भनाई थियो ।मान बहादुर गुरुङ्ग,शिमा तिमिल्सिना ,कपिल आर्चाय ,सुरज ढकाल ,जिवलाल ज्ञवाली ,राधा भण्डारी, राजेन्द्र लम्साल ,पार्वती घिमिरे ,वासुदेव अर्याल ,गीता कँडेल शर्मा पाण्डे ,सरस्वती गौतम ज्ञवाली ,रमेश रेग्मी ,लक्ष्मी कुमारी मल्ल ईश्वरी रिजाल चेतन बहादुर उचै ठकुरी र कृष्ण बहादुर बिष्ट लाई सम्मान गरिएको कार्यक्रम संयोजक उमेश अमात्यले जानकारी दिए  । कार्यक्रमको सञ्चालन सचिव विकास श्रेष्ठले गरेका थिए ।