काठमाडौं (नेस) ।
सामसङ इलेक्ट्रोनिक्सले अन्तर्राष्ट्रिय डिजाइन अवार्डमा एकैपटक तीनवटा गोल्ड मेडलसहित ७१ वटा अवार्ड जित्न सफल भएको छ । जर्मन अन्तर्राष्ट्रिय डिजाइन कम्पिडिसन २०२२ मा सामसङ इलेक्ट्रोनिक्स टेलिभिजन, स्मार्ट फोन र अन्य घरेलु उपकरण लगायतका विषयमा यी अवार्ड हात पार्न सफल भएको हो ।
जर्मन अन्तर्राष्ट्रिय डिजाइन प्रतियोगिताको अन्तर्राष्ट्रिय फोरम (आईएफ) मा उसले विभिन्न नौ वटा विधामा ती अवार्ड हात पारेको हो । त्यसमध्ये प्रोटेवल स्क्रिन द फ्रिस्टाइल, मोबाइल फोन ग्यालेक्सी जेड फ्ल्पि ३ र वायरलेस भ्याकुम क्लिनर बेस्पोक स्लिमका लागि गोल्ड अवार्ड प्राप्त गरेको हो । प्रतियोगितामा सामसङका ५५ देशका ११ हजार सवमिसनमध्येबाट ती अवार्ड हात परेको हो ।
डिजाइन अवार्डका नौ विधामा उत्पादन, प्याकेजिङ, सञ्चार, व्यावसायिक अवधारणा, आन्तरिक वास्तुकला, वास्तुकला, सेवा अनुभव डिजाइन, प्रयोगकर्ताहरूमा भिन्नता र प्रभावको व्यापक मूल्याङ्कन थिए ।
त्यसक्रममा सामसङ इलेक्ट्रोनिक्स डिजाइन सेन्टरका कार्यकारी उपाध्यक्ष जिन्सु किमले डिजाइनका लागि परिवर्तनशील मूल्यहरूलाई नवीन प्रविधिसँग जोड्नु महत्वपूर्ण भएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘हामी एक अर्थपूर्ण अनुभव प्रदान गर्न प्रतिवद्ध छौं जसले ग्राहकहरूको विभिन्न मागहरू पूरा गर्दछ ।’
प्रतिक्रिया