शिक्षा मन्त्री पौडेल र एडिबीका उपाध्यक्ष चैनबीच भेटवार्ता

शिक्षा क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता 

0
Shares

काठमाडौं ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल र एसियाली विकास बैंकका उपाध्यक्ष सिजिङ चैनबीच भेटवार्ता भएको छ । सोमबार शिक्षा मन्त्रालयमा मन्त्री पौडेल र उपाध्यक्ष चैनबीच भेटवार्ता भएको हो ।

भेटमा शिक्षा मन्त्री पौडेलले शिक्षा क्षेत्र सुधारका विभिन्न प्रस्ताव राखेको मन्त्रीको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार मन्त्री पौडेलले तीन वर्षमा सबै विद्यालयको भौतिक पूर्वाधार निर्माण गर्ने, शिक्षक दरबन्दी पूरा गर्ने, क्याम्पसहरूको पुनर्निर्माण गर्ने, शिक्षकहरूलाई तालिमको व्यवस्थापन गर्ने, प्राविधिक शिक्षा विस्तार गर्ने र शिक्षण संस्थामा आइसिटी ल्याबहरू पुर्‍याउनलगायत प्रस्ताव गर्नुभएको थियो। मन्त्री पौडेलको प्रस्तावमा उपाध्यक्ष चैनले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

उहाँले शिक्षा क्षेत्रमा एडिबीका निरन्तर सहयोग रहेको समेत स्मरण गराउनुभएको थियो । आगामी दिनमा विद्यालय क्षेत्र विकास कार्यक्रम, प्रविधि तथा व्यावसायिक शिक्षा र तालिम र उच्च शिक्षा क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।