पुनर्बहालीको माग गर्दै गभर्नर अधिकारीद्वारा सर्वोच्चमा रिट निवेदन

0
Shares

काठमाडौं । 

महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंकको गभर्नरमा पुनर्बहाली माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दिनुभएको छ ।मन्त्रिपरिषद्को बैठकले आफूलाई निलम्बन गर्नु गैरकानुनी रहेको दाबी गर्दै अधिकारीले आइतबार अदालतमा रिट निवदेन दिनुभएको हो ।

सरकारलाई सहयोग नगरेको र सरकारी सूचना चुहावट गरेको आरोपमा चैत्र २५ गते बसेको मन्त्रिपरिषद्को बैठकले गभर्नर अधिकारीलाई निलम्बन गरेको थियो ।

सो निर्णय असंवैधानिक रहेको जिकिर गर्दै कानुनी उपचार खोज्न दिइएको रिटमाथि अदालतले अहिले अध्ययन भइरहेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिनुभयो । रिटमार्फत अधिकारीले सरकारको निर्णय खारेज गरेर आफूलाई निरन्तर काम गर्न दिने गरी अन्तरिम आदेश जारी गर्न पनि माग गरेको छ ।सर्वोच्च अदालतका प्रवक्ता पौडेलका अनुसार अध्ययनपछि मात्र सो रिट दर्ता हुनेछ ।