लुक्लामा दुर्घटनाबाट जोगियो समिट एयरको जहाज


न्युज अफ नेपाल, काठमाडौं ।

सोलुखुम्बुको लुक्ला विमानस्थलमा अवतरणका क्रममा जहाज दुर्घटना हुनबाट जोगिएको छ । समिट एयरको जहाज अवतरणका क्रममा दुर्घटना हुनबाट जोगिएको हो ।  काठमाडौंबाट आइतबार बिहान ११ बजेर ४७ मिनेटमा एसएमए ४०७ उडान नम्बरको जहाज लुक्ला उडेको थियो । उडानकै क्रममा जहाजको बायाँ तर्फको इन्जिन फेल भएपछि जहाज काठमाडौं डाइभर्ट गरिएको थियो ।

१५ यात्रु र तीन चालक दलका सदस्य सवार जहाजलाई काठमाडौंमा आपतकालीन अवतरण गराइएको विमानस्थल स्रोतले जनाएको छ  विमानस्थल स्रोतका अनुसार विमानमा सवार सबै यात्रु र चालक दलका सदस्य सुरक्षित छन् ।