‘आज’मा जिउन सिक्नुहोस्

0
Shares

‘आज’ आउँछ र गइहाल्छ । तर, ‘भोलि’ का लागि जुन आशा साँचेका हुन्छौँ, त्यो कहिल्यै पनि आउँदैन । भोलि जहिल्यै पनि भोलि नै हुन्छ । कहिल्यै ‘आज’ बन्न सक्दैन । तपाईँ कुन समयमा जीवित हुनुहुन्छ ? भोलि या हिजोमा ? तपाईँ आज जीवित हुनुहुन्छ । यस समयमा जीवित हुनुहुन्छ । तपाईँ न एक सेकेन्डअघि न एक सकेन्डपछि नै जान सक्नुहुन्छ । यो तपाईँको जीवन हो । यही समयमा अटुट शान्ति छ । जुन शान्ति तपाईँलाई बाहिर होइन, तपाईँभित्रै प्राप्त हुन्छ ।

कुनै काम तुरुन्त गर्ने तथा कुनै काम भोलिका लागि छोड्ने मानिसको बानी हुन्छ । प्रश्न के उठ्छ भने, मानिसले कस्तो प्रकृतिको काम तत्कालै गर्दछ र कस्तो खालको कामलाई भविष्यका लागि छोडिदिन्छ ? प्रायजसो बाहिरबाट हेर्दा त्यति महत्त्वपूर्ण नलाग्ने कामलाई भोलिका लागि छोड्ने गरिन्छ ।मानिसले के–के भौतिक उपलब्धिहरू हासिल गरेको छ भन्ने आधारमा आफ्नो दिनको सफलताको मूल्याङ््कन गर्ने गर्दछ । विचारणीय पक्ष के छ भने, भौतिक सुखको प्राप्तिका लागि मात्र ऊ रातदिन लागिरहेको छ । तर, ‘उसलाई यो जीवन किन प्राप्त भएको छ ? उसको जीवनको उद्देश्य के हो त ?’

एकापट्टि संसारका सबै जिम्मेवारीहरू छन् र अर्काेतिर तपाईँको आफ्नो जीवन छ ! जुन जीवन तपाईँलाई दिइएको छ, त्यो तपाईँका लागि हो । यदि तपाईँले यो कुरालाई स्वीकार गर्नुहुन्छ भने प्रश्न यो पनि उठ्छ– जुन चीज तपाईँलाई प्राप्त भएको छ, त्यसलाई आजसम्म सदुपयोग गर्ने कोसिस गर्नुभएको छ कि छैन ?तपाईँ जीवित हुनुहन्छ । तपाईँको जीवनमा जे भइरहेको छ र जे पछि होला, ती सबै अहिलेको रूपमा नै भइरहेका छन् । तर, मानिसहरूको ध्यान पूर्वजन्म र पछिको जन्मतिर जान्छ । जीवनमा के भएको थियो या पछि के हुनेछ भन्नेतिर जान्छ । यदि तपाईँले रेलमा यात्रा गर्नुप-यो र तपाईँसँग टिकट छ– तपाईँले स्टेसनमा गएर ‘पहिलाको रेल कहाँ गएको थियो’ र ‘अब आउने कता जान्छ’ भनेर सोध्नु आवश्यक हुन्छ र ? होइन ! तपाईँ त यो सोध्नुहुन्छ, ‘ऊ त्यो रेल कता जान्छ ?’ ठीक त्यसै गरी यो श्वास तपाईँभित्र आउँछ र जान्छ । यो सृष्टिकर्ताको कृपाका कारण नै आउँछ । तर, कसैको पनि ध्यान यो श्वासतिर जाँदैन । यो आइरहन्छ अनि गइरहन्छ । यो श्वास जान्छ अनि आउँदैन नि तब मात्र मानिसको ध्यान यसतर्फ जान थाल्छ । त्यस बेला एउटै कुराको मात्र चिन्ता हुन्छ– कसरी अर्को एउटा श्वास लिन सकूँँ !

पानीको अभाव नहुँदा मानिसहरूले पानीलाई खेर फाल्छन् । तर, पानीको अभाव भएपछि कसैले पनि पानीलाई खेर फाल्दैनन् । तपाईँको श्वास पनि त्यस्तै छ । एकदिन आएका थियौँ । त्यस दिन पहिलो श्वास आएको थियो । एकदिन जानुपर्छ । त्यो अन्तिम श्वास हुनेछ । यसको बीचमा छ– आजको दिन ! संसारका सबै कार्यलाई पूरा गर्नका लागि हामी आजको दिनलाई उपयोग गर्दछौँ । यो अनमोल श्वास प्राप्त भएको त छ तर यसलाई हामी ध्यान दिँदैनौँ । किनभने, व्यापार राम्रो भएको र राम्रो जागिर प्राप्त भएको दिनलाई मात्रै हामी राम्रो मान्दछौँ । वास्तवमा सबैभन्दा राम्रो दिन त त्यो हो जुन दिन तपाईँ भन्नुहुन्छ– ‘आजको दिन मैले यो जीवनलाई पाएको छु । मेरो श्वास चलिरहेको छ । म जीवित छु । मैले यो मौका पाएँ । अब म यसलाई गुमाउन चाहन्न । आज मैले त्यो कुरालाई बुभेmँ, जसको चर्चा सबै महापुरुषले आफ्नो जीवनभरि गर्दै आएका छन् ।’

यो कुरालाई बुझेको दिनदेखि यो जीवन व्यर्थ जाँदैन । त्यो दिन तपाईँ आफ्नो हृदयरूपी भाँडोलाई खेर गइरहेको पानीको धारामुनि राखिदिनुहुन्छ । त्यो पानी बच्नेछ । जिन्दगी सुध्रिनेछ । त्यो चीज पाइनेछ, जसबाट हामी आफ्नो जीवनलाई पूर्ण बनाउन सक्छौँ । प्रत्येक दिन हृदयबाट आभारी भएर भन्न सक्छौँ– ‘हे सृष्टिकर्ता, तपाईँलाई लाखौँलाख धन्यवाद छ !’ अनि, यो भन्नुहुनेछ– ‘आजको दिन नै मेरो पहिलो दिन हो । भोलि फेरि यो दिन आयो भने म त्यसलाई खेर जान दिन्न ।’ यसरी नै हामीले हरेक दिनलाई स्वागत गर्नुपर्नेछ । भोलिलाई होइन । न त हिजोलाई नै । बरु आजलाई सधैँका लागि स्वागत गर्नुपर्नेछ ! किनभने, जीवनमा जति पनि दिनहरू आउँछन्, ती सबै ‘आज’ को रूपमा नै आउँछन् । तपाईँ भोलिभित्र वा पर्सिभित्र प्रवेश गर्नुपर्छ भन्ने पनि होइन । प्रवेश गर्नुपर्दैन ! यो त स्वतः आउँछ र आपैmँ जान्छ । यसमा तपाईँका लागि के लुकेको हुन्छ ? त्यो हरेक श्वासको आउनु–जानुमा अनि हरेक ‘आज’ को आगमन र प्रस्थानभित्र तपाईँको ‘आनन्द’ लुकेको छ । तपाईँको जीवनको आनन्द । तपाईँको हृदयको आनन्द । त्यो सुख, सन्तुष्टि, आनन्द, जुन शङ्काबाट पर, दुःखबाट पर– जहाँ अँध्यारो हैन, प्रकाशै प्रकाश छ ! जहाँ प्रश्न हैन उत्तरै उत्तर छ ।

अहिले हामीसँग समय छ । त्यसैले हामी भोलिलाई सुधार्ने कुरामा भन्दा आजलाई ध्यान दिऊँ । आज नै आफ्नो हृदयलाई शान्ति र आनन्दले भरौँ । भोलि आउँछ कि आउँदैन भन्ने कुरामा हामीले चिन्ता गर्नु आवश्यक छैन । यदि भोलि आयो भने त्यसलाई पनि आजलाई जस्तै स्वागत गर्नेछु । ताकि मेरो हृदय दिन–प्रतिदिन भरिँदै जाओस् र मेरो जीवन सफल होस् । त्यसैले भोलिमा होइन, आजमा जिउन शुरु गरौँ । गएको वा आउने समयलाई होइन, आजसँग रहेर जिउन शुरु गरौँ । आजको महत्त्वलाई बुझौँ । ‘आज’ के हो, ‘आजको दिन’ के हो भन्ने कुरा तपाईँले बुझ्नु भएपछि तपाईँले भोलिको आशालाई छोड्नुहुनेछ । अनि, आफ्नो आशालाई ‘आज’ नै पूरा गर्ने कोसिसमा लाग्नुहुनेछ । किनभने, भोलिमा जति पनि आशा हुन्छ, त्यति नै निराशा पनि रहेको हुन्छ ।

‘आज’ मा जति आशा गरिएको हुन्छ, त्यसलाई पूरा गर्न सकिन्छ ।यदि कुनै खेतीयोग्य जमिन छ तर हामीले त्यस खेतमा खेती गरेनौँ, मिहिनेत गरेनौँ भने त्यो जमिन बिस्तारै–बिस्तारै बाँझो हुन थाल्छ । यदि त्यस जमिनमा राम्रो बीउ रोपेनौँ, पानी लगाएनौँ भने त्यो खेत जसमा पहिला हरियाली हुन्थ्यो त्यहाँ मानिसका लागि काम नलाग्ने झारहरू उम्रिन थाल्छन् । त्यो खेत बिस्तारै–बिस्तारै खेतीका लागि अयोग्य हुन थाल्छ ।यस्तै गरेर हामीले पनि जीवनरूपी खेत पाएका छौँ । यस खेतमा हामीले कतिको परिश्रम गरिरहेका छौँ ? यस खेतमा हामीले कुन–कुन बाली लगाएका छौँ ? कुनचाहिँ बाली फलाएका छौँ ? यदि यस खेतमा हामीले मिहिनेत गरेनौँ, पानी हालेनौँ भने यो पनि बिस्तारै–बिस्तारै बाँझो हुँदै जानेछ ।

हामी हाम्रो जीवनरूपी खेतमा प्रत्येक श्वाससँगै केही न केही रोपिरहेका छौँ । चाहे हामीले बीउ रोप्ने कोसिस गरौँ या नगरौँ, बाली त लगाइँदै छ । बाली त उम्रने नै छ ।यदि हामीले बीउ नरोपियोस् भन्ने चाहना राख्यौँ भने यो पनि सम्भव छैन । के मात्र सम्भव छ भने, हामी कुनचाहिँ बीउलाई रोप्न चाहन्छौँ र कुनचाहिँ बाली उमार्न चाहन्छौँ । हरेक अनमोल श्वास जुन हामीभित्र आइरहेको छ, यसले हाम्रा लागि जीवन लिएर आउँछ । जसले गर्दा हामी मुस्कुराउन सक्छौँ अनि आनन्दको अनुभूति गर्न सक्छौँ । आज जे–जति हामी यस संसारमा गरिरहेका छौँ– जस्तो कि ठूला–ठूला आविष्कार, भौतिक सुख–सुविधाको विस्तार । यी सबै यही श्वासकै कारणले सम्भव भएका हुन् ।

हामी पनि प्रत्येक श्वासका साथ जीवनरूपी खेतमा त्यो बीउलाई रोपौँ, जसलाई फलाएपछि हामीले जीवनमा दुःखी हुनु नपरोस् । हामीले जीवनमा यस कुरालाई राम्ररी स्वीकार ग-यौँ भने मात्र यो जीवन प्राप्त हुनुको सार्थकता रहन्छ ।उठ्नुहोस् ! ब्युँझनुहोस् ! आँखा खोल्नुहोस् ! अनि आफ्नो यस दिनलाई प्रारम्भ गर्नुहोस् । ब्युँझने समय भइसकेको छ । किनभने हामीले आजसम्म जे–जति एकदमै राम्रा सपना देखेका छौँ, ‘वास्तविकता’ चाहिँ ती सारा सपनाभन्दा पनि उत्तम छ– ‘यो श्वासको वास्तविकता ।’ यसको कुनै मूल्य छैन । यो अनमोल छ अनि सदैव हामीसँगै छ । जुन दिन यो हुनेछैन, हामी पनि रहँदैनौँ । हामी जे छौँ, यही श्वासकै कारणले छौँ । यसमा त्यो आनन्द छ, जसलाई हामी सधैँ पाउन चाहन्छौँ ।

हामीले अहिलेसम्म जीवनमा सधैँ रहिरहने स्थायी आनन्दलाई त अनुभव नै गरेका छैनौँ । अब हामी आफ्नो जीवनरूपी खेतमा त्यो बीउलाई रोपौँ, जसको फल प्राप्त भएपछि हामी त्यही आनन्दमा रहन सक्छौँ ।हामी यो जीवनरूपी खेतलाई बाँझो हुन नदिऊँ । किनभने, बाँभै राख्नुपर्ने आवश्यकता नै छैन । वास्तवमा हामीभित्र त्यो जीवनरूपी खेतलाई हराभरा बनाउने, त्यसबाट आनन्द लिने सम्भावना छ ।

(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलित एवं प्रस्तुतीकरण:डा. प्रेमराज ढुङ्गेल ।)