मधेस प्रदेश सभाको ८औँ अधिवेशन अन्त्य



जनकपुरधाम ।

मधेस प्रदेश सरकारको सिफारिसमा प्रदेश सभाको ८औँ अधिवेशन मंगलबार राति १२ बजेदेखि अन्त्य हुँदै छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेश सभा सचिवालयलाई पत्र पठाएर मंगलबार राति १२ बजेदेखि ८औँ अधिवेशन अन्त्य हुने जानकारी दिए ।

मंगलबार बसेको प्रदेशसभाको दोस्रो बैठकमा सभामुख सरोजकुमार यादवले प्रदेश प्रमुखबाट प्राप्त पत्र सदनमा पढेर जानकारी गराएका हुन् । प्रदेश प्रमुख मिश्रले अधिवेशन अन्त्य गरेका हुन् ।

२९ मंसिरदेखि शुरु भएको ८औँ अधिवेशन चार महिना चलेको हो । यस अवधिमा २० वटा बैठक बसेको र सरकारबाट तीनवटा विधेयक दर्ता भएको छ । चारवटा विधेयक सभाबाट पारित भएको हो । त्यस्तै एउटा विधेयक प्रमाणिकरण भएको छ ।

प्रतिक्रिया दिनुहोस्