निर्वाचन आयोगले किन हेरफेर गर्‍यो भरतपुरका मुख्य निर्वाचन अधिकृत ?



काठमाडौं ।

निर्वाचन आयोगले भरतपुर महानगरपालिकाका मुख्य निर्वाचन अधिकृत हेरफेर गरेको छ । स्थानीय तह निर्वाचन आउन ३१ दिन बाँकी रहेका बेला आयोगले मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश हेमन्त रावललाई हटाएको हो । उनको ठाउँमा अर्का न्यायाधीश प्रकाशकुमार अधिकारीलाई मुख्य निर्वाचन अधिकृत तोकिएको हो ।

आयोगले यसअघि ७१ जना मुख्य निर्वाचन अधिकृत हेरफेर गरेको थियो । आयोगको २८ चैतमा बसेको बैठकले भरतपुरको मुख्य निर्वाचन अधिकृत परिवर्तन गर्ने निर्णय गरेको हो । मुख्य निर्वाचन अधिकृत परिवर्तनबारे आयोगले केही खुलाएको छैन । आयोगले मुख्य निर्वाचन अधिकृत हेरफेर सामान्य विषय भएको जनाएको छ ।

यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिका मतपत्र च्यातिएको थियो । जसमा मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले सहयोगी भूमिका खेलेको भन्दै एमालेले कारवाहीको माग गर्दै न्याय परिषद्मा उजुरी दिएको थियो । न्याय परिषद्को सिफारिसमा नै आयोगले मुख्य निर्वाचन अधिकृत तोक्ने गर्छ । सोही आधारमा मुख्य निर्वाचन अधिकृत हेरफेर गरिएको आयोगले प्रष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्