जसपा सुदूरपश्चिम प्रदेश अध्यक्ष चौधरी माओवादीमा प्रवेश



काठमाडौं ।

जनता समाजवादी पार्टीका सुदुरपश्चिम प्रदेश अध्यक्ष कृष्णकुमार चौधरी माओवादी केन्द्रमा प्रवेश गरेका छन् । कोटेश्वर पेरिसडाँडास्थित माओवादी मुख्यालयमा आयोजित एक कार्यक्रममा चौधरीसहित कांग्रेस, एमालेलगायतका नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

चौधरी जसपा परित्याग गरी माओवादीमा प्रवेश गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले चौधरीसहित नेता कार्यकर्ताको माओवादी प्रवेशले सुदूरपश्चिममात्र नभएर देशभर प्रभाव पर्ने बताएका छन् ।

देशको विकास र समृद्धि गर्ने पार्टी माओवादी रहेको बताउँदै प्रचण्डले चौधरी जस्ता नेता कार्यकर्ताको प्रवेशले पार्टीमा झनै सहयोग पुग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्