दश दिनपछि उठ्यो काठमाडौं उपत्यकाको फोहोर



काठमाडौं ।

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन कार्य सोमबादेखि पुनः शुरु भएको छ । पासाङल्हामु राजमार्गका स्थानीयवासीको अवरोधका कारण १० दिनदेखि फोहोर रोकिएको थियो । पासाङल्हामु राजमार्ग मर्मतको जिम्मा पाएको ठेकेदारले काम शुरु गरेसँगै अवरोध हटेपछि फोहोर व्यवस्थापन सुचारु भएको हो । अहिले फोहोर व्यवस्थापनका लागि समय निर्धारण गरिएको छ । राति १० बजेदेखि बिहान आठ बजेसम्म मात्र फोहोरको गाडी सिसडोल जान पाउने बताइएको छ ।

फोहोर विसर्जन गरिएको स्थान नुवाकोटको सिसडोलसम्म पुग्ने बाटो मर्मतको काम समयमै नगरेको भन्दै पासाङल्हामु राजमार्गका बासिन्दाले गरेको अवरोधका कारण यही चैत १८ गतेदेखि काठमाडौं उपत्यकाको १८ स्थानीय तहका फोहर व्यवस्थापन हुन सकेको थिएन ।

हाल फोहोर व्यवस्थापन भइरहेको स्थानभन्दा दुई किलोमिटर पर बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन फोहोर व्यवस्थापन स्थल निर्माणको काम निर्धारित समयमा सम्पन्न हुन नसक्दा पनि समस्या आएको कामपाको भनाइ छ । हरेक दिन उपत्यकाबाट एक हजार २०० मेट्रिक टन फोहोर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्