दार्चुलामा जीप दुर्घटना हुँदा ८ जना घाइते



दार्चुला ।

दार्चुलामा सवारी चालक अनुमति पत्र ‘लाइसेन्स’ नै नभएका एक व्यक्तिले जीप चलाउँदा  दुर्घटना भएको खुलेको छ । शनिवार बिहान मार्मा गाउँपालिकाको लटिनाथबाट सेल्बिसा जादै गरेको सु. प. प्र. ०१ ००१ ज १२०८ नम्बरको जिप मार्मा–२ सिमारमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मार्मा–१ पारीबगडका सवारी धनी देवेन्द्र टमटाले चलाएको जीप दुर्घटना भएको हो ।   उनि सँग सवारी साधन चलाउन आवश्यक पर्ने चालक अनुमति पत्र लाइसेन्स नरहेको खुलेको प्रहरीले जनाएको छ । जीप सडकबाट पल्टिएको बताइएको छ । उक्त जीप दुर्घटना हुँदा मार्मा–१ गुल्जरका ८ जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा ८६ वर्षीय रतन सिंह धामी, उमेर नखुलेका रघुविर सिंह धामी, दिया धामी, परुली धामी, जानकी ठगुन्ना, पाना महर, वकिल ठगुन्ना र देवान ठगुन्ना रहेका छन् । घाइते सबैको अहिले लटिनाथ स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । जीपमा चालक सहित ९ जना सवार रहेका थिए । दुर्घटना पछि चालक देवेन्द्र टमटा फरार रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्