भूमि आयोग बैतडीका सदस्यहरुद्वारा पदभार ग्रहण


न्युज अफ नेपाल, बैतडी ।

राष्ट्रिय भूमि आयोग बैतडीले पुर्णता पाएको छ । यसअघि नेपाल सरकार मन्त्रीपरिषद्ले आयोगको बैतडी जिल्ला अध्यक्षमा धर्मसिंह ऐर कपीललाई नियुक्त गरेकोमा सदस्यहरु थप गरेर आयोगलाई पूर्णत दिइएको छ ।

आयोगको विज्ञ सदस्यमा हरिष बिष्ट, सदस्यहरुमा धनबहादुर बोहरा र पार्वती बम चयन भएसँगै उनिहरुले पदभार ग्रहण गरेका छन् । आयोगका अध्यक्ष ऐरले आफू नेतृत्वको आयोगले सुकुम्बासीहरुलाई जग्गाको लालपुर्जा उपलब्ध गराउने बताए ।