उत्कृष्ट १० स्थानीय तहमा परेको फलेवासका पाँच वर्षे उपलब्धि सार्वजनिक 

0
Shares

पर्वत । 

पर्वतको फलेबास नगरपालिकाले पाँच वर्षे उपलब्धि सहितको श्वेतपत्र सार्वजनिक गरेको छ । नगरपालिकामा आयोजित जग्गादाता सम्मान कार्यक्रमका बिच पाँच वर्षका उपलब्धिहरू सार्वजनिक गरिएको हो ।  नेपाल नगरपालिका संघबाट उत्कृष्ट भएर पुरस्कृत समेत भएको नगरपालिकामा दर्जनौँ राम्रा अभ्यास र विकास निर्माणका कामलाई  श्वेतपत्र मा समावेश गरिएको छ ।

नगरपालिकाले जारी गरेको श्वेतपत्र मा  नगर विकास गुरुयोजना निर्माण, नगर विकास योजना निर्माण, नगरको विकासकालागि गौरव तथा रूपान्तरण गर्ने योजना कार्यान्वयन, भौतिक विकास, पूर्वाधार निर्माण, सामाजिक विकास, पर्यावरण संरक्षण तथा संस्थागत र सुशासनका क्षेत्रमा मा गरिएका प्रयासहरूलाई समावेश गरिएको छ ।  फलेबास नगरपालिकामा सहरीकरण नभइसकेको र विगतमा ११ वटा गाउँ विकास समितिलाई मिलाएर घोषणा भएका कारण धेरै पूर्वाधार तथा विकास निर्माणका काम हुन नसकेको अवस्थामा नगरपालिकाका जनप्रतिनिधिले पाँच वर्षमा धेरै राम्रा अभ्यासका काम गरेका थिए ।

फलेबास नगरपालिकाले काली गण्डकी जलाशयमुक्त आयोजनाको लागि निरन्तर प्रयास र लबिङ्ग गरेको थियो भने  पोखरा –कार्किनेटा –खानीगाउँ हुँदै वाग्लुङको जैमनी –गलकोट जोड्ने मध्य पहाडी लोक मार्गको वैकल्पिक सडकको काम निरन्तर रूपमा चलाइरहेको छ भने पोखरा,लुम्ले, अन्नपुर्ण पदमार्गको पर्यटकीय लाभ लिन सक्ने गरि योजना सहित मनमनोहन शान्तिबाटिका  तथा खुम होमस्टे प्रर्बद्धनको काम गरिएको छ । फलेवासको बहुआयमिक विकासका लागि ग्रिन फलेवास, क्लिन फलेवास अभियान सञ्चालन गरिएको छ । क्लिन हाउस, ग्रिन हाउस,  क्लिन क्लिन स्कुल, क्लिन रोड, ग्रिन रोड, ग्रिन रोड क्लिन टोल ग्रिन टोल अभियान सञ्चालन भएको छ । यो अभियानमा ५ हजार भन्दा बढी घरधुरी समावेश भएका छन् ।

फलेबासमा ४ सय १२ किलोमिटर नयाँ सडकको ट्रयाक खनिएको छ। नगरपालिकाले आफ्नै २ वटा डोजर मार्फत निरन्तर सडक सफा गर्ने, ट्रयाक खोल्ने देखि स्तर उन्नतिका काम गर्दै आएको छ । बाहिरी, भित्री चक्रपथ, लिंक रोड बनाउने काम पनि यो अवधिमा भएको नगरपालिकाले जनाएको छ ।  स्वास्थ्य सेवा, शिक्षा, उद्योगबाट रोजगार सृजना लगायतका नमुना काम पनि गरेको छ । फलेवासले नगरभित्रका ५० बर्ष देखि ७० बर्ष सम्मका एकल पुरुष र महिलालाई मासिक भत्ता बितरण गर्दै आएको छ । श्रमिकलाई सामाजिक सुरक्षाकोमा आबद्ध गर्दै ५ सय नगरपालिकाले थप्ने र ५ सय थपेर भविष्यमा पेन्सन सुविधा दिने काम पनि सुरु गरेको छ ।

नगरप्रमुख पदमपाणी शर्मा आफ्नो टिम निर्वाचित भएर आएपछि फलेबासमा हरेक क्षेत्रमा उत्कृष्ट बनाउन सफल भएको दाबी गर्नुहुन्छ ।  उहाँका अनुसार नगरपालिका संघबाट बित्तिय ब्यबस्थापन तथा सुशासनका क्षेत्रमा उत्कृष्ट बनेर पुरस्कृत भएको छ भने संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको संस्थागत क्षमता मुल्यकांकनमा  गण्डकी प्रदेशका ८१ वटा स्थानीय तह मध्ये फलेवास उत्कृष्ट भएको छ । बित्तिय जोखिम निरीक्षका क्रममा फलेवासले ८७ दशमलब ७ अंक हासिल गरेको छ । ‘हामीले गरेका सबै कामको मुल्याँकनका आधारमा मुलुकका १० उत्कृष्ट स्थानीय तहमा पर्न सफल भएका छौ।’ उहाँले भन्नुभयो ‘आगामी दिनमा अझै भौतिक पूर्वाधार, सुशासन, संस्थागत तथा सामाजिक विकासका  क्षेत्रमा पनि नगरपालिकालाई सबैभन्दा उत्कृष्ट बनाउने प्रयास हुनेछ ।