अवैध लागुऔषधसहित चार जना पक्राउ


काठमाडौं ।

विभिन्न ठाउँबाट लागुऔषधसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ, जहदा गाउँपालिका-१ लंकाटोलमा बस्ने ३२ वर्षीय मुन्ना मलाहालाई गएराति प्रहरीले पक्राउ गरेको हो ।

अस्थायी प्रहरी पोष्ट भेडियारीबाट खटिएको प्रहरीले उनलाई उक्त लागुऔषध सहित फेला पारी पक्राउ गरेको हो ।कञ्चनपुर, भिमदत्त नगरपालिका-११ भुजेलास्थित खोलाको पुल छेउबाट करिब १९ ग्राम ५ मिलिग्राम अवैध लागुऔषध चरेश सहित ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका-११ बस्ने २३ वर्षीय महेश गिरी, २१ वर्षीय बिष्णु पाठक र २२ वर्षीय आशिष बिसि रहेका छन् । ईलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागुऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।