पाँच सय रुपैयाँले बढ्यो सुनको मूल्य, एक रुपैयाँले घट्यो चाँदी

0
Shares

काठमाडौं ।

सुनको भाउ बिहीबार पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९९ हजार कायम भएको छ ।

यसअघि सुन तोलाको ९८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । बिहीबार तेजावी सुनको भाउ तोलाको ९८ हजार पाँच निर्धारण भएको छ ।

चाँदीको भाउ भने एक रुपैयाँले घटेको छ। बुधबार एक हजार तीन सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार तीन सय ३४ रुपैयाँ निर्धारण भएको छ ।