मन्त्री मनाङेलाई प्रश्न – तपाईँले आफ्नै कर्मचारी कुट्नु भएछ नि ? 



काठमाडौं ।

गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री दीपक मनाङेलाई आफ्नै कर्मचारीमाथि कुटपिट गरेको आरोप लाग्यो । मन्त्रालयका सूचना अधिकारीसमेत रहेका शाखा अधिकृत प्रकाश ओझाले आफूलाई मन्त्रिले कुटपिट गरेको बताएका थिए । 

मङ्गलवार फाइल बोकेर मन्त्रीको कार्यकक्षमा प्रवेश गरेपछि आफूमाथि हातपात गरेको उनको आरोप थियो । तर, मन्त्री मनाङेले भने कुटपिट गरेको भन्ने आरोप गलत भएको बताए । मन्त्री मनाङे सँगको कुराकानी : 

तपाईँले आफ्नै कर्मचारीमाथि हातपात (कुटपिट) गर्नुभएछ नि ? 
यो आफैँ बच्नका लागि गरेको प्रोपोगण्डा हो । घटना हिजोको हो । यदि कुटेको भए हिजो नै किन बोलेन त ? हिजोको दिनमा केही भएको भए हिजो नै कुरा आउँथ्यो नि त । आज १२/१ बजेतिर डिजाइन गर्‍यो । प्लान बनायो । अनि कुटपिट गर्‍यो भनेर हल्ला फैलायो । यस विषयमा मैले ४/५ जनाको आयोग गठन गर्छु ।

के विषयमा विवाद भएको हो ? 
युवा स्वरोजगारको पैसाको कुरा आएको छ । मैले करप्सनलाई म्याक्सिम कन्ट्रोल त गरे । तर, जिरो लेभलमा पुर्‍याउन सकिन् । यिनीहरूले के गरेछन् भने स्वरोजगार कोषमा आएको पैसाहरू आफ्नो आफ्नो मान्छेलाई पार्ने भनेर गेम खेलेछन् ।

यसले मान्छेहरूसँग पैसा दिएपछि मात्रै काम गरिदिन्छु भन्दो रहेछ । धेरै मान्छे आएर मलाई भनेपछि मैले यसलाई हिजो राम्रोसँग सम्झाएको थिए । आइन्दा मैले यस्तो सुन्न नपरोस् । तेरो पहिला पनि रेकर्ड नराम्रो छ, त्यसैले सुध्रिएर बस भनेर सम्झाएको थियो ।

यसले अहिले मात्र नभएर यसअघि पनि यस्तै फटाहा काम गर्दै आएको रहेछ । यसअघि के गर्‍यो भने हाम्रो एउटा सोसल वर्क प्रोग्राम छ । जसबाट १३६ जना युवा युवतीलाई काम गर्न दिने भनिएको थियो । त्यसका लागि तीन करोड २४ लाखको बजेट आएको थियो ।

तर, त्यसले त क्याबिनेटमा ३२ करोड भनेर फाइल पठाएछ । योले के लेखेर मरेछ भने ३२ करोड लेखेर मरेछ । तीन करोड २४ लाखलाई ३२ करोड लेखेर पैसा पास भएर आयो । क्याबिनेटमा कुमार खड्का (मन्त्रालयको प्रवक्ता) ले चेक गर्दा थाहा पाउनुभयो । अनि के हो त्यो ३२ करोड भनेर सोधेपछि बल्ल हामीले थाहा पायौं । अर्थमन्त्री, कानुनमन्त्री र म पनि जेल जाने अवस्था थियो । धन्न बेलैमा थाहा पाइयो ।

यसलाई मैले बोलाएर सोधे, तैले के लेखेको यस्तो ? कस्ले के भन्यो भने,– अंकमा मिस्टेक भयो भन्यो । एउटा शून्य बढी लेखिएछ भन्यो । तर, यसले अक्षरमा पनि त्यस्तै लेखेको रहेछ । अक्षरमा पनि ३२ करोड नै लेखेको रहेछ ।

भनेपछि यो प्रि–प्लानिङमा नै चलेको रहेछ । यो मान्छे एकदमै खतरा छ, यो केटाले डुबाउँछ । यो ले मलाई पनि जेल हाल्ने खेलमा रहेछ ।  अनि हिजो बोलाएर सम्झाको हो । तेरो स्वरोजगारमा कृषि सम्बन्धी काम गर्ने मान्छेलाई तैँले केही कुरा भनेको रहेछ आइन्दा त्यो कुरा थाहा पाएपछि राम्रो हुनेछैन भनेर मैले राम्रोसँग सम्झाएर पठाएको थिए ।

सम्झाएकै विषयलाई किन कुटपिट भयो भनियो त ? 
हिजो सम्झाउँदा केही पनि भनेन आज दिउँसो आएर हातपात गर्‍यो भनेछ । मैले पत्रकारलाई भनेको छु, सबैभन्दा पहिला प्रमाण माग्नु । भावनामा नबग्नु । पढेर आएको मान्छे हौँ, जे पायो त्यही नलेख भनेर पत्रकारहरूलाई नि भनेको छु ।

मैले कारबाही गर्नुपर्ने मान्छेलाई छोड्दिएको थिए, अब मैले यसलाई कारबाही गर्नुपर्छ । किनभने अब त त्यस्ले झुटो आरोप लगाएपछि त छानबिन कमिटी त बनाउनु पर्यो ।

विकास त यिनीहरूले गर्न पनि दिन्नन् । हामीले के नराम्रो भनेको थियौं, र घुस नखाइदेऊ त भनेका हौँ नि । त्यल्ले जागिर खाँदा घुस खान्छु भनेर शपथ लिएको थियो ? यो मान्छेहरू भनेको प्रोफेसनल चोरहरू हुन् । यिनीहरूको इन्टेन्सन नै जागिर खाँदा पैसा लुटेर कमाउँछु भनेर आको हो ।

३६ हजारमा यसको भात खानलाई पुग्दैन् । त्यसले कसरी जागिर खायो त ? यस्को इन्टेन्सन नै साइटमा आएर ठग्छु भन्ने हो । अनि त्यो गाउँमा बस्ने आलु, सागसब्जी रोप्ने मान्छेलाई, आधा पैसा मागेर दुई लाख दियो भने काम गराइदिन्छु भन्ने यस्तो पनि गर्न मिल्छ भन्या ?

न्युज कारखाना 

प्रतिक्रिया दिनुहोस्