हिसानको आठौ महाअधिवेशन शुक्रवारदेखि


न्युज अफ नेपाल, काठमाडौं ।

उच्च शिक्षालय र तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)को आठौं राष्ट्रिय महाधिवेशन राजधानीमा हुने भएको छ ।  सम्पन्न हुने भएको छ । भोलि यही चैत २५ र २६ गते सम्पन्न हुने महाअधिवेशनमा नेपालमा शिक्षाको सबलीकरण र निजी क्षेत्रको योगदानको विषयमा हिसान शिक्षा बहस आयोजन हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले महाअधिवेशन र शिक्षा  बहसको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

 हिसानले आज पत्रकार सम्मेलन आयोजन गरी महाअधिवेशनको बारेमा जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै हिसानका अध्यक्ष रमेश सिलवालले शिक्षामा राजनीति नगरी पार्टीमा मात्रै राजनीति गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो–अब सबै पार्टीले राजनीतिसँगै शिक्षा क्षेत्रलाई रामा्रे बनाउनुपर्छ , शिक्षा राम्रो भएपछि मात्रै सम्वृद्ध मुलुक बन्न सक्छ । उहाँले हिसानले सरकारी विद्यालयसँग सहकार्य गरी शिक्षा क्षेत्रमा योगदान गर्न चाहेको बताउँदै अध्यक्ष सिलवाले भन्नुभयो–वर्षौँदेखि हामीले यो मुद्धा उठाए पनि सरकारले ध्यान दिएको छैन ।

 महाअधिवेशनमा एक जिल्ला एक नमुना स्कुल , एक प्रदेश एक नमुना स्कुलको अवधारणबारे छलफल गरिने जनाइएको छ । हिसानले जथाभाबी रूपमा नो अब्जेक्सन लेटर दिँदा सयौँ विद्यार्थी विदेशिएको आरोप लगाउँदै आवश्यकता अनुसार मात्र पत्र तयार गर्न आग्रह गरेको छ ।

‘शिक्षा विकासमा सार्थक साझेदारी हिसानको योगदान र जिम्मेवारी’ भन्न आयोजना हुने महाधिवेशनको सम्पूर्ण तयारी सकिएको महासचिव लोकबहादुर भण्डारीले जानकारी दिनुभयो ।  ‘महाधिवेशनले नेपालभर सञ्चालित निजी शिक्षालयहरूबिचको एकतालाई मजबुत तुल्याउन, निजी शिक्षालयहरूको समस्या पहिचान गरी सामूहिक  रूपमा समस्या समाधान गर्न, दबाब समूहको  रूपमा कार्य गर्न, नीति निर्माणमा सकारात्मक भूमिका खेल्न तथा शैक्षिक एवं प्राज्ञिक विकासको कार्यमा महत्त्वपूर्ण योगदान पुयाई आजको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धालाई ध्यानमा राखी गुणस्तरीय शिक्षा प्रदान गर्न र माध्यमिक विद्यालय तथा उच्च शिक्षालयमा भएको लगानीलाई सुरक्षित गर्न विशेष जोड दिइएको ।’ जानकारी दिइयो ।

पत्रकार सम्मेलनमा हाल सञ्चालनमा रहेका निजी लागानीबाट सञ्चालित माध्यमिक विद्यालय कक्षा १२ सम्मका शिक्षालयहरूको संख्या १ हजार ९ सय ७७ भन्दा बढी रहेको जनाइएको छ । ती विद्यालयमा  करिब ५ लाख ५० हजार विद्यार्थीहरू अध्ययनरत छन् । २ लाख भन्दा बढी शिक्षक, प्राध्यापक एवं कर्मचारीले प्रत्यक्ष रोजगारी पाएका छन् । लाखौँले अप्रत्यक्ष रोजगारी पाएको छन् । राज्यले शिक्षा क्षेत्रमा लगानी गर्नुपर्ने दायित्वलाई घटाउँदै लगेको अवस्थामा निजी शिक्षालयहरूले लगानी बढाउँदै गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेका छन् उल्लेख गरिएको छ ।

 महाधिवेशनमा ३५ जिल्लाका ६ सय शिक्षालयबाट प्रतिनिधिको सहभागिता र ५० जना पर्यवेक्षक सहित ६ सय ५० जनाको उपस्थिति हुने सम्मेलनमा जानकारी दिइयो । अध्यक्ष सिलवालले सहमतिको आधारमा सक्षम नेतृत्व चयन हुने दाबी गर्नुभयो । उहाँले भन्नुभयो–अहिलेसम्म नेतृत्वको विषयमा केही सोचेका छैनौ तर सबल, सक्षम र समय दिन सक्ने नेतृत्व चयन गर्नुपर्छ