गुणस्तर चिन्ह प्राप्त गर्ने पहिलो सेनेटरी प्याड सेफ्टी



काठमाडौं (नेस) ।

सेफ्टी नेपाल गुणस्तर चिन्ह प्राप्त गर्ने पहिलो सेनेटरी प्याड ब्रान्ड बनेको छ । नेपालमा पहिलोपटक सेनेटरी प्याड ब्रान्डलाई यस्तो गुणस्तर चिन्ह दिइएको हो । उक्त कम्पनीले अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय सेनेटरी प्याड उत्पादन गरिरहेको छ । कुनै पनि नेपाली महिला आधारभूत महिनावारी सरसफाइबाट वञ्चित नहोस् भन्ने कम्पनीको लक्ष्य रहेको छ । त्यसैले शुलभ शुल्कमा कम्पनीले बजारमा अन्तर्राष्ट्रिय गुणस्तरका सेनेटरी प्याड उपलब्ध गराउँदै आइरहेको छ ।

सेफ्टीका २४० एमएम, २८० एमएम र ३२० एमएम बाक्लो र पातलो सेनेटरी प्याडलाई नेपाल गुणस्तर मानक स्ट्यान्डर्ड ५८७ बमोजिम गुणस्तर चिन्ह प्राप्त भएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले विभिन्न नेपाली उत्पादनहरूलाई गुणस्तर मानकको रूपमा यो चिन्ह प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्