काठमाडौंको मेयरमा उठ्दै अभिनेता भुवन केसी



काठमाडौं ।

उन्नत लोकतान्त्रिक पार्टीबाट अभिनेता भुवन केसी काठमाडौं महानगरपालिकाको मेयरमा उठ्ने भएका छन् । स्वागत नेपाल अध्यक्ष रहेको उन्नत लोकतान्त्रिक पार्टीको मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले ०७९ वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा उनलाई मेयरमा उठाउने निर्णय गरेको हो ।

केसीले महानगरवासीलाई सहरीया गरिबी, डेरावालका व्यवस्थापनका समस्या तथा घरेलु हिंसाका मुद्दामा सही न्याय दिँदै सामाजिक न्यायलाई प्रत्याभूत गर्ने विश्वास पार्टीले लिएको अध्यक्ष नेपालले प्रेस विज्ञप्ति मार्फत जनाएका छन् ।

त्यस्तै उन्नत लोकतान्त्रिक पार्टीले काठमाडौंको उमपेयरमा रेश्मा लामालाई उठाउने निर्णयसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्