खाना पकाउने ग्याससहित इन्धनको मूल्य बढ्यो, पेट्रोल प्रतिलिटर १६० रुपैयाँ पुग्यो



काठमाडौं ।

नेपाल आयल निगमले फेरि इन्धनको मूल्य वृद्धि गरेको छ । मंगलबार राति १२ बजेदेखि नयाँ मूल्य लागू गरेको निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रति लिटर ५ रुपैयाँको दरले बढाएको हो । नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ पुगेको छ । त्यस्तै डिजल र मट्टितेलको मूल्य प्रति लिटर १४३ रुपैयाँ पुगेको छ ।

निगमले खाना पकाउने ग्यासको मूल्य समेत बढाएको छ । यस अघि १५ सय ७५ रुपैयाँ रहेको खाना पकाउने ग्यास अब प्रति सिलिण्डर १ हजार ६ सय रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्