राप्रपा नेपालको झण्डा सगरमाथामा फहराइने

कमल थापाले भने - 'खुसी र गौरव लागेको छ'



काठमाडौं ।

राप्रपा नेपालको झण्डा सगरमाथामा फहराइने भएको छ । आरोही पासाङ्ग शेर्पाले सगरमाथा आरोहण गर्ने क्रममा राप्रपा नेपालको झण्डा फहराउने भएका हुन् ।

मंगलबार काठमाडौ जिल्ला समितिद्वारा आयोजित अगुवा कार्यकर्ता भेलाको क्रममा सगरमाथाको चुचुरोमा राप्रपा नेपालको झण्डा फहराउने आरोही पासाङ्ग शेर्पाको ईच्छा अनुरुप पार्टी अध्यक्ष कमल थापाद्वारा पार्टीको झण्डा शेर्पालाई हस्तान्तरण गरेका हुन् ।

अध्यक्ष थापाले आरोही शेर्पालाई सफल सगरमाथा आरोहणको निमित्त शुभकामना दिँदै पार्टी झण्डा हस्तान्तरण गर्न पाउँदा खुसी र गौरव लागेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्