मनकामना टिम च्याम्पियन


न्युज अफ नेपाल, काठमाडौं ।

आयोजक मनकामना डोजो प्रथम दिलबहादुर रम्तेल खुला कराँते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । ५ स्वर्ण, ५ रजत र ३ कांस्य जित्दै मनकामना समग्रमा टिम च्याम्पियन बन्यो ।

मित्रपार्कस्थित ह्वाइट हेभेन एकेडेमीमा भएको प्रतियोगितामा ४ स्वर्ण, २ रजत र १ कांस्यसाथ बुढानीलकण्ठ दोस्रो भयो ।तेस्रो स्थानको हायासिया सितोरियो, सिन्धुपाल्चोकले ३ स्वर्ण हात पार्‍यो ।

प्रतियोगिताको पुरुषमा सिन्धुपाल्चोकका फुर्वासिंह वाइबा तथा महिलामा च्याम्पियन मार्सल आर्ट्सकी योञ्जन लामा उत्कृष्ट खेलाडी घोषित भए । दुईदिने प्रतियोगितामा ३ सय खेलाडीले विभिन्न २३ स्पर्धामा प्रतिस्पर्धा गरेको मनकामना डोजोका प्रमुख छत्र ओलेले जनाएका छन् ।