लुम्बिनी ट्रक यातायात व्यवसायी सघंकाे अध्यक्षमा खरेल

0
Shares

बुटवल  । 

लुम्बिनी ट्रक यातायात व्यवसायी सघं सिद्धार्थनगर भैरहवाको अध्यक्षमा पुनः बिष्णु प्रसाद खरेल सर्वसम्मत निर्वाचित हुनु भएको छ । सघंको १० औ साधारण सभा तथा पाचौ अधिवेशनबाट संस्थापक खरेल पाँचौँ कार्यकालको लागी सर्वसम्मत अध्यक्ष हुनु भएको हो । निर्वाचित अध्यक्ष खरेलले निर्वाचन सगैं आफुमाथी थप जिम्मेवारी आएको भन्दै सबै व्यवसायी सघं संस्थाहरूसँग सहकार्य गरेर व्यवसायीको हकहितमा लाग्ने बताउनु भयो । उहाँले नयाँ तथा पुराना साथीहरूलाई मिलाएर लैजाने र समन्वयमा काम गर्ने प्रतिबद्धता जनाउनु भयो ।

त्यस्तै सघंको बरिष्ठ उपाध्यक्षमा मधुसुदन आचार्य, प्रथम उपाध्यक्षमा सुनिलराज विष्ट, उपाध्यक्षमा बिष्णु प्रसाद सुवेदी र महासचिवमा रुमाखर गौतम सर्वसम्मत चयन हुनु भएको छ । महासचिव गौतम पनि पाँचौँ कार्यकालको लागी सर्वसम्मत चयन हुनु भएको हो् । त्यस्तै सचिवमा बाल किसुन गुुप्ता र कोषाध्यक्षमा सन्तराम पाण्डे निर्वाचित हुुनुुभएको छ । सचिवका प्रत्याशी लिला प्रसाद श्रेष्ठलाई पछि पार्दै बानीया र कोषाध्यक्षका प्रत्याशी बसन्त भट्टराई पछि पार्दै पाण्डे निर्वाचित हुनु भएको हो ।

त्यस्तै सदस्यहरूमा रविन खरेल, झवीन्द्र कुुमार चोखला, जगदिस प्रसाद चौधरी, कमलेस गौतम र बैजनाथ यादव निर्विरोध निर्वाचित हुनु भएको निर्वाचन अधिकृत जगत बहादुर रायमाझीले बताउनु भयो ।निर्वाचित कार्यसमितिले आइतबार पदभार ग्रहण गर्नु भएको छ । निर्वाचन अधिकृत रायमाझीको अध्यक्षता, निर्वाचन समिति सदस्य प्रख्यात बञ्जाडेको सचांलनमा सम्पन्न भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासघंका केन्द्रीय सदस्य महेन्द्र कुुमार श्रेष्ठ, सघंका अध्यक्ष बिष्णुु प्रसाद खरेल, वरिष्ठ उपाध्यक्ष मधुसूदन आचार्य, सुनवल उद्योग वाणिज्य सघंका अध्यक्ष रमेश कर्माचार्य, प्रकाश श्रेष्ठ लगायतले बोल्दै व्यवसायीका समस्यामा नयाँ नेतृत्वले काम गर्नु पर्ने धारणा राख्नु भएको थियो ।