राष्ट्रपति भण्डारीले काष्ठमण्डपको उद्घाटन गर्ने


न्युज अफ नेपाल, काठमाडौं ।

विनाशकारी भूकम्पबाट क्षतिग्रस्त भएको काठमाडौंको पुरातात्विक मन्दिर काष्ठमण्डपको पुननिर्माण सम्पन्न भएको छ।

काष्ठमण्डपको पुननिर्माण सम्पन्न भएसँगै त्यसको उद्घाटन गर्न थालिएको हो । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले काष्ठमण्डपकाे उद्घाटन गर्ने तयारी गरिएको छ ।

०७२ सालको भूकम्पमा क्षतिग्रस्त भएको काष्ठमण्डप पुनर्निर्माणका लागि विभिन्न निकायबाट ११ करोड ५० लाख अनुदान प्राप्त भएकोमा करिब ११ करोड ३९ लाख खर्च भएको समितिका अध्यक्ष एवम् बागमती प्रदेशका सांसद राजेश शाक्यले बताए ।

पुनर्निर्माणका क्रममा काष्ठमण्डपमा काठबाहेक ढुङ्गा, माटो, इँटा, तामा लगायतका सामग्रीको प्रयोग  गरिएकाे छ ।  काष्ठमण्डप निर्माण गर्दा यहीँ ठाउँको माटो प्रयोग गरिएकाे हाे । किंवदन्तीअनुसार एउटै काठले बनेको काष्ठमण्डप सातौं शताब्दीको सम्पदा हो ।