मूर्तिको प्राण प्रतिष्ठासहित गुरुकुल स्थापनाको तयारी

विन्ध्यवासिनीमा नवाह यज्ञ


काभ्रे ।

विन्ध्यवासिनी अध्यात्मिक प्रतिष्ठानले शनिबारदेखि चैत २७ गते आइतबारसम्म श्रीमद् देवी भागवत् नवाह ज्ञान महायज्ञसहित विन्ध्यवासिनी मूर्तिको प्राण प्रतिष्ठा कार्य प्रारम्भ गरेको छ । राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा. रामकृष्ण तिमल्सिनाले नवाह ज्ञान महायज्ञको समुद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै आयोगका अध्यक्ष तिमल्सिनाले धर्म, संस्कृतिको संरक्षण र प्रवद्र्धनका लागि राज्य सँगै समुदाय सक्रिय हुनुपर्ने बताउनुभएको थियो । स्थानीय स्तरबाट निर्माण भएको विन्ध्यवासिनी मन्दिरको प्राण प्रतिष्ठा तथा गुरुकुल निर्माणका लागि भएको प्रयासको सह्राना गर्दै उहाँले अध्यात्मिक ज्ञानको अभाव हुँदै भएको बताउनुभयो । कार्यक्रममा विन्ध्यवासिनी पोखरा तथा शिवशक्ति विद्यापीठ कैलालीका पीठाधिश्वर आचार्य स्वामी नि–शेषतनजी महाराजको संरक्षकत्व रहेको छ ।

देवी भागवत् नवाह ज्ञान महायज्ञको भाष्कर ब्रम्चारी नारायण देवकोटाले कथा वाचन गर्नुहुनेछ । नौ दिनसम्म हुने ज्ञानमहायज्ञमा ब्राम्हाणद्वारा वैदिक विधिअनुसार रुद्राभिषेक, श्रीमद्भागवत् पाठ पारायण, प्रवचन, वेद पाठ, चण्डी पाठ, ग्रहशान्ति, गायत्री होम, कोटी दीप प्रज्ज्वलन, तुलादान, भूमिदान अन्नदान र शहीद उद्धारका निमित्त होम, पितृ उद्धारका निमित्त विशेष अनुष्ठान, व्रतबन्धलगायतका अनुष्ठानहरु हुने आयोजक समितिका अध्यक्ष तिमल्सिनाले बताउनुभयो ।
संस्थाको माध्यमबाट वैदिक सनातन धर्मसंस्कृतिको रक्षा, आध्यात्मिक जागरण एवं संस्कृत शिक्षाको प्रचारका साथै विश्वशान्ति, मानवकल्याण एवं धार्मिक, आध्यात्मिक चेतनाको विकास गरी समाजलाई नैतिक एवं अनुशासित बनाउनु यस ज्ञानमहायज्ञको प्रमुख उद्देश्य रहेको सचिव हरिकृष्ण तिमल्सिना बताउनुहुन्छ ।

प्रतिष्ठानका लागि श्रीखण्डपुरमा खरिद गरिएको १२ आना जग्गामा विन्ध्यवासिनी मंगलाशैनी मन्दिर, यज्ञ मण्डप निर्माण, गुरुकुल सञ्चालनका साथै भवन र छात्रावास निर्माण, बहु–उद्देश्यीय योग साधना सामुदायिक भवन, सन्त निवास आदिको भवन निर्माणकार्य गरिने उहाँको भनाइ छ ।महायज्ञबाट आर्थिक सहयोगमा टेवा पुग्ने विश्वास ब्यक्त गरिएको अध्यक्ष कृष्णप्रसाद तिमल्सिनाले बताउनु भयो । नौ दिनसम्म हुने ज्ञानमहायज्ञमा ब्राह्मणहरुद्वारा वैदिकविधि अनुसार रूद्राभिषेक, श्रीमद्भागवत् पाठ पारायण, प्रवचन, वेद पाठ, चण्डी पाठ, ग्रहशान्ति, गायत्री होम, कोटि दीप प्रज्वलन, तुलादान, भूमिदान, अत्रदान र शहिद उद्धारका निमित्त होम, पितृ उद्धारका निमित्त विशेष अनुष्ठान लगायतका विभित्र अनुष्ठानहरु सम्पत्र गरिने छन् ।

महायज्ञको शुभारम्भका अवसरमा बाजागाजा र कलश सहित शोभायात्रा भएको छ ।महायज्ञको मूल यजमान, विशेष कर्ता, भोजन खर्च, जलपान खर्च र यज्ञानुष्ठानका विभिन्न कार्यहरु गर्न-गराउन चाहने कुनै कार्यमा सहभागी हुनका लागि नगद वा जिन्सी सहयोग उपलब्ध गराउन सक्ने छन् । महायज्ञ आयोजक मूल समितिको खातामा रकम जम्मा गरेर वा सीधै समितिको कार्यालयमा रकम जम्मा गरी रसिद लिएर दान गर्न सकिने तिमल्सिनाको भनाइ छ ।