भूमिहीनलाई लालपुर्जा दिइँने


सिन्धुली । 

सिन्धुलीको दुधौली नगरपालिकाका भूमिहीनलाई लालपुर्जा वितरण गर्ने भएको छ । राष्ट्रिय भूमि आयोग सिन्धुलीले दुधौली नगरपालिका–९ को मुसहरबस्तीका भूमिहीन मुसहर, दलित, सुकुम्बासीलाई लालपुर्जा वितरण गर्न थालेको हो ।

राष्ट्रिय भूमि आयोग सिन्धुलीले जिल्लामै पहिलोपटक आइतबार दुधौली नगरपालिकाको मुसहरबस्तीका १ सय ६ जना भूमिहीनलाई लालपुर्जा वितरण गर्ने लागेको आयोगका अध्यक्ष रामकुमार पौडेलले जानकारी दिनुभयो ।

मुसहरबस्तीमै गएर भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले लालपुर्जा दिने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।