शिक्षक सेवा आयोगको परीक्षा केन्द्रमा शिक्षामन्त्री पौडेलद्वारा निरीक्षण 

0
Shares

न्युज अफ नेपाल, काठमाडौं । 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक सेवा आयोगद्वारा सञ्चालित प्राथमिक तह परीक्षा केन्द्रको निरीक्षण गर्नुभएको छ ।

शनिवार ललितपुरस्थित नमुना मच्छिन्द्र माध्यमिक विद्यालय, त्रिपद माध्यमिक विद्यालय र मदन स्मारक माध्यमिक विद्यालय केन्द्रको निरीक्षण गर्नुभएको हो । शनिवार सञ्चालन भएको प्राथमिक तहको परीक्षा निरीक्षण गदै परीक्षालाई मर्यादित र विश्वसनीय बनाउन निर्देशन दिनुभयो ।

परीक्षा सम्पन्न गरेकोमा मन्त्री पौडेलले शिक्षक सेवा आयोगलाई धन्यावाद ज्ञापनसमेत गर्नुभएको छ । शिक्षक सेवा आयोगले लिएको परीक्षामा माध्यमिक तह परीक्षामा ३६ हजार, निमावि तहमा ८६ हजार बढी र प्राथमिक तहमा १ लाख ३५ हजार बढी परीक्षार्थी सहभागी भएको आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले जानकारी दिनुभयो । उहाँले परीक्षा अर्मादित क्रियाकलाप रहित सम्पन्न भएको जानकारी दिनुभयो ।