सिटिजन्स बैंक मेदान्त अस्पतालबीच सम्झौता



काठमाडौं (नेस) ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारत स्थित मेदान्त– द मेडिसिटी अस्पतालबीच सिटिजन्स बैंकका कार्डवाहक ग्राहक महानुभावलाई अस्पतालको सेवा शुल्कमा १५ प्रतिशत सम्म छुट दिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

बिहीबार दिल्लीस्थित मेदान्त अस्पतालमा उक्त समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेले हस्ताक्षर गर्नुभएको हो । यस सहकार्यबाट भारतमा स्वास्थ्य उपचार गराउन जाने बैंकका ग्राहकहरूलाई उपचारका क्रममा सहज सेवा प्राप्त हुने विश्वास बैंकले लिएको छ ।

यो सुविधा सिटिजन्स बैंकका कार्डवाहक ग्राहकहरूले भारतको गुरगाउँ, लखनउ, राँची, इन्दौरलगायतका मेदान्त अस्पतालका सबै शाखाहरूबाट पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्