अष्ट्रियास्थित नेपाली राजदूतावासमा पुस्तकालयकाे स्थापना

0
Shares

न्युज अफ नेपाल, काठमाडौं  ।

अष्ट्रियास्थित नेपाली राजदूतावासमा नेपाली पुस्तकालयकाे स्थापना गरिएको छ । शुक्रबार राजदूत डा. ईला मैनालीले पुस्तकालयकाे उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा अष्ट्रियास्थित विशिष्ट विदेशी पाहुनाहरुसमेत सहभागिता रहेको थियो । उक्त कार्यक्रममा विभिन्न व्यक्तिहरूले आ-आफ्नो धारणासमेत प्रस्तुत गर्नुभएको थियो । पुस्तकालय शुभारम्भ हुनु आफैँमा गौरवको विषय भएको सहभागिहरुको भनाई थियाे  ।

अष्ट्रियामा बस्ने धेरै नेपालीहरूको चाहनाअनुसार पुस्तकालयको स्थापना गरिएको बताइएको छ । पुस्तकालयमा विभिन्न किसिमको पुस्तकहरु उपलब्ध गरिने राजदुत डा. मैनालीले बताउनु भयो । अष्ट्रियामा रहेका नेपालीहरुले यस पुस्तकालयमा नेपाली पुस्तक सजिलै पढ्न पाउने उहाँले बताउनु भयो ।