स्थानीय तह निर्वाचनका लागि गठबन्धनमा आवद्ध दलको संयन्त्र गठन 



भैरहवा ।

रुपन्देहीमा सत्तारुढ गठबन्धनले चुनावी तालमेल गर्ने भएका छन् । आगामी ३० वै वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि गठबन्धनमा आवद्ध पाँच दलले चुनावी तालमेलका लागि जिल्ला स्तरीय संयन्त्र गठन गरेको हो । रुपन्देहीमा पनि चुनावी तालमेल आवश्यक रहेको भन्दै नेपाली कांग्रेस रुपन्देहीको पार्टी कार्यालय भैरहवामा बैठक बसेको हो ।

कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणको संयोजकत्वमा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक नारायण जिसी, जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष रामअवतार यादव, नेकपा एकीकृत समाजवादीका अध्यक्ष राजु गुरुङ्ग र राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष बद्रे आलम सदस्य रहेको समिति गठन गरेको छ ।

उक्त समितिले आगामी स्थानीय तहको निर्वाचनमा जिल्लाको वस्तुस्थिति बुझी केन्द्रलाई सुझाव पठाउने र  जिल्लामा आवश्यक रणनीति तय हुनेछ । संयन्त्रले आ– आफ्नो पार्टीको स्थानीय तहमा वस्तुस्थिति बुझी २२ चैतमा थप छलफल गर्नेछ । रुपन्देहीमा १६ वटा स्थानीय तह छन् ।

प्रतिक्रिया दिनुहोस्